बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा टीको लगाएर प्रधानमन्त्री भएको बताएका छन् ।
बुधबार बुटवलमा आयोजित रुपन्देहीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका रायमाझीले भने, ‘देशी विदेशी शक्तिले जनादेशका विरुद्धमा परमादेशका पक्षमा लागे । शेरबहादुर देउवालाई टीको लागाएर प्रधानमन्त्री बनाइयो। देश विदेशी शक्ति एकातिर र एमाले अर्कातिर हुदा एमाले भारी पर्यो।’
यस्तै उक्त कार्यक्रमामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका नेता रायमाझीले प्रचण्ड कांग्रेसको पुच्छर बनेको आरोप लगाए।
नेता रायमाझीले सम्बोधनका क्रममा प्रचण्डलक्षित कटाक्ष गर्दै भने, कम्युनिष्टले गल्ती गर्नुभएको छ, कांग्रेसको पुच्छर बनेर हिड्नु भएको छ,’ उनले अगाडि प्रश्न गरे,’के कम्युनिस्ट कांग्रेसको पुच्छर बनेर हिँडने हो? कांग्रेसको नेतृत्वमा देश विकास सम्भव छ?
अध्यक्ष प्रचण्डले आफूहरुविरुद्द एक्लै लड्न नसकेर गठबन्धन खडा गरेको आरोप लगाउदै उनले भने, ‘हाम्रा विरुद्धमा एक्लै लडन सक्दैनन्। कांग्रेससँग गठबन्धन बनाएर विकास गहुन्छ ?
गठबन्धनहरु मिलेर एमालेलाई घेराबन्दीमा पारे पनि त्यसलाई आफूहरुले ध्वस्त पार्ने उनले दाबी गरे।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतका नेताहरुको उपस्थिति रहेको छ ।
Leave a Reply