Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पुटिनको पाकिस्तानी प्रेम साँच्चै बढ्दै छ वा भारत मुद्दा हो ?

    पुटिनको पाकिस्तानी प्रेम साँच्चै बढ्दै छ वा भारत मुद्दा हो ?

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अफगानिस्तानको बदलिदो स्थितिबारे फोनमा कुराकानी गरेका छन्।

    एक महिना भन्दा कम समयमा दुई नेताहरु बीच यो दोस्रो फोन कुराकानी हो।



    यसअघि २५ अगस्टमा दुई नेताबीच फोन वार्ता भएको थियो। पाकिस्तानका प्रधानमन्त्रीले पुटिनसँगको वार्ताको बारेमा एक वक्तव्य जारी गर्दै भनेका छन् , ‘एससीओ अर्थात शंघाई सहयोग संगठनमा सहयोग बढाउन दुई राष्ट्रप्रमुखबीच वार्ता भएको छ।’



    गत महिना पनि दुई नेताबीच अफगानिस्तानको बारेमा फोनमा कुराकानी भएको थियो। आधिकारिक बयान अनुसार, दुई नेताहरु अफगानिस्तानमा  मानवीय संकटको रोकथामको लागि सहयोगको अपील गरेका थिए।

    इमरान खानले  रुस र पाकिस्तानबीचको घनिष्ठ वार्ता अफगानिस्तानको अशान्त देशमा स्थिति सुधार गर्नको लागि धेरै महत्वपूर्ण रहेको वताएका थिए ।
    इमरान खानले भनेका छन्, ‘पाकिस्तान रुससँगको सम्बन्धमा न्यानोपन ल्याउन कटिबद्ध छ।  दुई देशहरु बीच व्यापार र लगानीको मामला मा धेरै सम्भावना छ र पाकिस्तान रुससंग ग्यास पाइपलाइन परियोजना चाँडै पूरा गर्न चाहन्छ। अन्तर्राष्ट्रिय मामिलामा दुई देशबीचको विश्वास बढेको छ। रूससंग द्विपक्षीय सहयोग पछिल्लो समयमा वृद्धि भएको छ।’

    अफगानिस्तानमा शान्ति सम्झौताका लागि रुसको नेतृत्वमा गठन भएको ट्रोइक प्लसमा पाकिस्तान पनि सामेल थियो। पाकिस्तान र रुस बाहेक त्यहाँ अमेरिका र चीन पनि थिए। भारत पनि यसमा सामेल हुन चाहन्छ, तर सफल भएन। यो भनिएको छ कि रूस र अमेरिका को भारत मा कुनै आपत्ति थिएन, तर चीन र पाकिस्तान को थियो।

    यस वर्षको अप्रिलमा रुसी विदेश मन्त्री सर्गेई लाभ्रोभले पाकिस्तानको भ्रमण गरेका थिए। गत वर्ष पाकिस्तानका रक्षामन्त्रीले रुसको भ्रमण गरेका थिए। सर्गेई लाभ्रोभको पाकिस्तान भ्रमण नौ बर्षमा रुसी विदेश मन्त्रीको पहिलो भ्रमण थियो।

    सेर्गेई लाभ्रोफेभ र पाकिस्तानका विदेशमन्त्रीको यो भ्रमणको क्रममा एक संयुक्त वक्तव्य जारी गरिएको थियो। वक्तव्यमा  रसियाले पाकिस्तानलाई सैन्य आपूर्तिमा पनि सहयोग गर्ने तथा दुई देशहरुबीच एक संयुक्त सैन्य अभ्यासमा पनि सहमति भएको थियो ।

    अमेरिकामा पाकिस्तानकी राजदूत सइदा आबिदा हुसेनले गत हप्ता पाकिस्तानको अंग्रेजी अखबार डनलाई अमेरिका अब अफगानिस्तानमा चासो नराख्ने र पाकिस्तानको आवश्यकता नभएको वताएका थिए ।

    धेरै विश्लेषकहरु रुसले भारतलाई दबाब दिन पाकिस्तानको नजिक भएको नाटक गर्ने वताउंछन्।  ती विश्लेषकहरुका अनुसार   भारत रूसबाट अरबौं डलरको हतियार किन्छ र यो पाकिस्तानबाट सम्भव छैन। तर रूस हालको समयमा भारत र अमेरिकाको बीच निकटता संग असहज भएको छ।

    क्वाड गुट पनि रूसको लागि असहज भएको छ। गत वर्षको डिसेम्बरमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले क्वाड गुटमा कडा टिप्पणी गर्दै भारतलाई पश्चिमी देशहरुको ‘चीनको बिरुद्ध निरन्तर, आक्रामक र कपटी’ नीतिको प्यादा भनेका थिए। बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार