Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सरकार गठनबारे तालिबानी नेताहरुबीच चर्काचर्की, अफगानिस्तानमा नयाँ शक्ति उदयको संकेत

    सरकार गठनबारे तालिबानी नेताहरुबीच चर्काचर्की, अफगानिस्तानमा नयाँ शक्ति उदयको संकेत

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी। तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बताएका छन्।

    राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको उनीहरूले बताएका हुन्।



    बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको  बीबीसीले उल्लेख गरेको छ। तर, यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ।



    गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो। त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई ‘इस्लामिक इमिरात’ घोषणा गरेको छ।

    नवगठित अन्तरिम मन्त्रिपरिषद्‌मा सबै सदस्य पुरूष छन्। सरकारमा वरिष्ठ तालिबान नेताहरू छन्। तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार