Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • भारतमा काेराेनाकाे कहर: मृतकको संख्या तीन सय नाघ्यो

    भारतमा काेराेनाकाे कहर: मृतकको संख्या तीन सय नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट ३३१ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि ९ हजार भन्दा धेरै भएको छ ।

    अहिलेसम्म ९ हजार २०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमक्ये १ हजार ८० जनामा संक्रमण निको भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।



    सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् । अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या १९ सय ८५ पुगेको छ । यस्तै महाराष्ट्रमा मृत्यु हुनेको संख्या १४९ रहेको छ । यस्तै दिल्लीमा ११ सय ५४, तमिलनाडुमा एक हजार ४३ र राजस्थानमा ८०४ जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ।



    यसैबिच मुम्बईको धारावीको सुकम्बासी बस्तीमा संक्रमितको संख्या ४७ पुगेको छ । यहाँका एक व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार