Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • चोरीका १६ मोटरसाइकलसहित ६ जना पक्राउ

    चोरीका १६ मोटरसाइकलसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.8K
    SHARES

    नवलपुर । जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरिएको जानकारी दिए।



    उनका अनुसार प्रहरीले चोरीका मोटरसाइकलसहित जिल्लाको मध्यविन्दु नगरपालिका–१० का २९ वर्षीय मुकेश थापा, सोही ठाउँका ३३ वर्षीय दिलबहादुर सोती, विनयी त्रिवेणी गाउँपालिका–२ का ३० वर्षीय गङ्गाबहादुर मगर, विनयी त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय प्रेमबहादुर पररियार, सोही स्थानका २० वर्षीय मिलन थापा र पाल्पाको निस्दी गाउँपालिका–७ का २५ वर्षीय खेमबहादुर सारुलाई पक्राउ गरेको छ।



    जिल्लामा एकैपटक ठूलो सङ्ख्यामा चोरीका मोटरसाइकल समातिएको यो पहिलो घटना भएको गिरीको भनाइ छ। प्रहरीले बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने प्रक्रिया सुरु गरेको उनले बताए।

    चोरीका मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २० को चोरीसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ। प्रहरीले बरामद गरेका मोटरसाइकल चोरीमा संलग्न रहेका अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार