एजेन्सी । तालिबान सरकारका उपप्रधानमन्त्री र राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादरको बेपत्ता भएको बताइएको छ।
तर यसबारे जानकारी दिन तालिबानको राजनीतिक कार्यालयका प्रवक्ता डा. मोहम्मद नईमले सोमबार दोहामा एक व्हाट्सएप अडियो सन्देश जारी गरेका थिए।
उक्त अडियो सन्देशमा मुल्ला अब्दुल घनी बरादारले आफ्नो अवस्थाबारे जानकारी गराएको बीबीसीले उल्ल्ेख गरेको छ। अडियोमा बरादरले भने, ‘केही दिनदेखि सामाजिक सञ्जालमा म कतै यात्रामा भएको र कहीँ गएको खबर फैलिएको छ। म र मेरा सबै साथी ठीक छौं। प्रायजसो मिडियाले हाम्रो विरुद्ध यस्तो लाजमर्दो झूट बोल्छन्।’
यसअघि सेप्टेम्बर १२ मा मुल्ला अब्दुल गनी बरादारका प्रवक्ता मुसा कलीमले एउटा पत्र जारी गरेका थिए जसमा भनिएको थियो, ‘व्हाट्सएप र फेसबुकमा अफगानिस्तानको राष्ट्रपति भवनमा तालिबानका दुई गिरोहबीच भिडन्त भएको र त्यसमा मुल्ला अब्दुल घनी बरादार नराम्रोसँग घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको अफवाह फैलिएको छ। यो सब झुट हो।’
आइतबार राष्ट्रपति भवन आर्गबाट जारी एक भिडियो जसमा कतारका विदेशमन्त्रीसँग तालिबान नेतृत्वको बैठक भइरहेको थियो त्यहाँ मुल्ला अब्दुल गनी बरादर नखेदिएपछि यस खबरले गति लिएको थियो।
‘मुल्ला बरादार घाइते छैनन् तर रिसाएका छन्’
तालिबानले मुल्ला अब्दुल गनी बरादर कन्धारमा रहेको बताएको छ। त्यहाँ उनी तालिबानका नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई भेटिरहेका छन्। तालिबानका अनुसार उनी चाँडै काबुल फर्कनेछन्।
तर दोहा र काबुलका दुई तालिबान स्रोतले बीबीसीलाई बताएअनुसार गत बिहीबार वा शुक्रबार राती मुल्ला अब्दुल गनी बरादार र हक्कानी नेटवर्कका मन्त्री खलील–उर–रहमान बिच आर्गमा बहस भएको थियो। उनका समर्थकहरुबीच झगडा भएको थियो। त्यसपछि मुल्ला अब्दुल गनी बरादार नयाँ तालिबान सरकारसँग रिसाएर कन्धार गएका थिए।
स्रोतहरुका अनुसार जाँदै गर्दा मुल्ला बरादारले सरकारलाई भने यस्तो सरकार नचाहिने बताएका छन्। तर बीबीसीले स्वतन्त्र रुपमा यो दाबी प्रमाणित गर्न सकेन।
Leave a Reply