Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • देउवाको चर्को आलोचना गर्दै राप्रपा अध्यक्ष जबराले भने – कांग्रेसले सरकार चलाउन सक्दैन

    देउवाको चर्को आलोचना गर्दै राप्रपा अध्यक्ष जबराले भने – कांग्रेसले सरकार चलाउन सक्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.2K
    SHARES

    सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् ।

    मंगलबार सदरमुकाम राजविराजमा जिल्ला अधिबेसनलाई सम्बोधन गर्दै अध्यक्ष जबराले दुई महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरे ।



    उनले भने देशमा राष्ट्र प्रमुखको रुपमा राज संस्थालाई स्थापना गर्नुपर्ने बताए । अध्यक्ष जबराले मुलुकमा ८१ प्रतिशत् जनता हिन्दु रहेपनि ठुलो पार्टी भनाउँदाहरुले देशलाई धर्म निरपेक्षतर्फ धकेलिएको आरोप लगाए । देशमा अहिलेपनि हिन्दु र सनातन गरी ९४ प्रतिशत जनता हिन्दुधर्मको पक्षमा रहेको उनले बताए ।



    उनले भने, ‘सबै हिन्दु मिलेर अगाडि आयो भने हिन्दु राष्ट्र स्थापना हुन समय लागने छैन् ।’ उनले हिन्दु राष्ट्र पुनः स्थापना गर्न अव सबै लाग्नु पर्नेमा जोड दिए । अध्यक्ष जबराले मधेशी जनताले प्रदेश २ मा मधेशी पार्टीलाई बहुमत दिएपनि विधि अनुसार सरकार चलाउन नसकेको आरोप लगाए ।

    मधेशी पार्टीको आफ्नो सरकार आएपनि मधेशमा अहिले सम्म विभेद हटेको छैन । उल्लेखनिय विकास हुनुपर्ने ठाउँमा विनास भएको देख्न पाईन्छ । पालिका र प्रदेशहरुमा विकासको नाममा भ्रष्टहरुको समुह बनाई लुटतन्त्र मच्चाई रहेको छ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार