Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मुलुक पुरै एमालेमय भएको केपी ओलीको दाबी

    मुलुक पुरै एमालेमय भएको केपी ओलीको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    झापा। मंगलबार गृह जिल्ला आएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश पुरै एमालेमय भएको दाबी गरेका छन्।

    मंगलबार जिल्लास्थित बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जहाँ नेपाली त्यहाँ एमाले भएको दाबी गर्दै देशमा मात्रै नभएर विदेशमा पनि एमाले रहेको बताए। ‘पसल, बजार, हवाई मैदान, कलेज स्कुल, विद्यालय, विश्वविद्यालय जताततै एमाले एमाले भएको छ, ओलीले भने।



    कार्यक्रममा पूर्व एमालेका बरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिएका ओलीले नेपाललाई वामपन्थीको सरकार ढालेर प्रतिक्रियावादीको सरकार बनाउन लागिपरेको आरोप लगाए।



    ‘माधव नेपालले वामपन्थीको सरकार ढाले, प्रतिक्रियावादीको सरकार बनाउन लागिपरे, उनले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो, बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री बने, नेता भए, गुटबन्दी गरे, ओलीले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार