काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा केही महत्वपुर्ण निर्णय हुनेछ । यसअघि मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । मंगलबारका लागि सो बैठक बोलाउनुलाई थप महत्वका साथ हेरिएको छ।
हाल देउवा नेतृत्वको सरकारमा ४ मन्त्री र एक राज्यमन्त्रीसहित ५ जनाको मन्त्रिमन्डल रहेको छ।
Leave a Reply