Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संसद बैठकअघि एमालेसँग संवाद गर्दै सभामुख, अबरुद्ध गरे कार्यसूचीमा चल्ने चेतावनी

    संसद बैठकअघि एमालेसँग संवाद गर्दै सभामुख, अबरुद्ध गरे कार्यसूचीमा चल्ने चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकअघि प्रतिपक्षी दल एमालेसँग संवाद गर्ने प्रयत्न गर्ने भएका छन्।

    सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले एमालेसँग संवादको प्रयत्न गर्ने भएका हुन्। पछिल्लो समय निरन्तर संसद अबरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल एमालेले सभामुखको राजिनामा र भूमिकामा प्रश्न खडा गर्दै आएको छ।



    यसअघि हिजो सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्न प्रतिपक्ष दल एमाले नआएपछि पुन आज संवादको प्रयत्न भएको न्यौपानेले बताए।



    ‘हिजो संवादका लागि बैठक बोलाइएको थियो, उहाँ (एमाले)हरू नै आउनु भएन, तर दलहरूको सुझावअनुसार सभामुखले एमालेसँग संवाद गर्न भने प्रयत्न गर्दै हुनुहुन्छ, संवाद हुन नसके सभामुखले कार्यसूची अघि बढाउनु हुनेछ,’ न्यौपानेले भने।

    प्रतिनिधिसभाको बैठक अबको केहीबेरमा बस्दैछ।  बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव राख्ने र शोकप्रस्तावसम्बन्धी कार्यसूची तय भएको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार