Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • एक्सपर्टद्धारा २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना

    एक्सपर्टद्धारा २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना गरेको छ ।

    विश्वब्यापीरुपमा फैलिएको कोरोनाभाइरस (COVID-19) को महामारीबाट जनस्वास्थ्य र अर्थतन्त्रमा गहिरो प्रभाव परेको कारण सिंगो मानवजाति नै अहिले असहज परिस्थितीबाट गुज्रिरहेको भन्दै फउण्डेसनले सहयोग कोष स्थापना गरेको जनाएको छ ।



    फाउण्डेसनद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘यो निर्णयले (COVID-19) बाट प्रभावित अन्तरास्ट्रिय बिद्यार्थीहरुलाइ केहि हदसम्म भए पनि सहयोग पुग्ने हामीले आशा गरेका छौं ।’



    फाउण्डेसनको रकम पहिलोपटक १ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया आएर रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नका उक्त कोषबाट सहयोग गरिने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रवन्ध निर्देशक खेमराज संग्रौलाले अनलाइन नेपाललाइ जानकारी दिए ।

    एक्सपर्टले अस्ट्रेलियाका बिभिन्न राज्यमा भएका कार्यालयहरुमार्फत सहयोग हस्तान्तरण गर्ने जनाएको छ ।

    सधैं आफ्नो ब्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले कोरोनाका कारणले अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना गरेको हो ।

    प्रवन्ध निर्देशक संग्रौलाले भने–‘कोरोनाभाइरस (COVID-19) को महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तरास्ट्रिय विद्यार्थीका अभिभावकहरु पनि अहिले प्रभावित भएको र यहाँ रहेका बिद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाइ पनि मध्यनजर गर्दै यो निर्णय गरिएको हो ।’

    सहयोग आवश्यक हुने बिद्यार्थीहरूले फाउन्डेसनको तल उल्लेखित लिंकमा ( https://eevs.co/covid19-assistance) गई रजिस्ट्रेसन गर्न र सहयोग प्राप्त गर्न चाहिने योग्यता सम्बन्धि जानकारी लिन सक्ने फउण्डेसनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    साथै, COVID-19 बाट प्रभावित बिद्यार्थीहरुलाई कुनै पनि सल्लाह चाहिएमा हामीलाई [email protected] मा ईमेल गर्न सक्ने पनि फाउण्डेसनले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार