एजेन्सी । दुई दशक पहिले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलापछि चरमपन्थी संगठन अल–कायदा विश्व राजनीतिमा एक प्रमुख विषय बन्न पुगेको थियो।
अल–कायदाले उक्त हमलाहरुलाई तालिबान शासित अफगानिस्तानमा रहेका आफ्ना अड्डाहरुबाट सफल बनाएको थियो। त्यसको जवाफमा केही हप्तापछि अमेरिकाले तालिबान सरकार र अल–कायदालाई सिधयाउनका लागि अफगानिस्तानमा आक्रमण गरेको थियो।
यसै उदेश्यका लागि अमेरिका २०२१ को अगस्त ३१ सम्म नाटो सेनासहित चार दर्जन सहयोगीहरुका साथ अफागानिस्तानमा रहेको थियो तर अन्ततः उसले त्यहाँबाट फिर्ता हुने निर्णय लियो।
यस लेखको उद्देश्य अल कायदाको इतिहास र वास्तविकता के हो, पाकिस्तान र अफगानिस्तानसँग यसको सम्बन्ध र यस संगठनले पछिल्ला २० वर्षमा आफ्नो अस्तित्वका लागि कस्ता राजनीतिक र सैन्य रणनीति अपनाएको छ भन्ने हो।
अल–कायदाको गठन
अल–कायदालाई सामान्यतया अरब संसारको एक सैन्य चरमपन्थी संगठन मानिन्छ। यसको स्थापना ३३ वर्ष पहिले १९८८ मा पाकिस्तनको प्रान्त सरहदको राजधानी पेशावरको यूनिभर्सिटी टाउन इलाकामा भएको थियो।
पेशावर त्यस समय अफगानिस्तानमा रहेका सोभियत सेना र उसको समर्थनमा बनेको अफगान कम्युनिस्ट सरकारको विरुद्ध उभिएको अफगान जिहादी संगठनहरुको गढ थियो। अरब संसारका हजारौं जिहादीहरु यही उद्देश्यका लागि यहाँ आएका थिए।
एक धनी साउदी व्यापारी परिवारका सदस्य तथा अल–कायदाका संस्थापक ओसामा बिन लादेन पनि आफ्नो परिवारसँग पेशावर गएका थिए। ओसामा बिनलादेन केवल पेशावरमा अरब जिहादीहरुको पेशवा मानिने प्यालेस्टिनी प्रोफेसर डाक्टर अब्दुल्लाह युसुफ अज्जाम (शेख अब्दुल्लाह अज्जामको नामले पनि चिनिन्छ) का सहयोगी मात्र बनेनन्,। उनी त अबर दुनियाँबाट आउने जिहादीको संरक्षणका लागि बनाइएको ‘मकतबा–अल–खिदमत’का महत्त्वपूणै दाता पनि बने।
अल कायदा गठनको केही समयअघि ओसामा बिन लादेन पेशावरमा रहेका मिश्रका एक जिहादी विचारक डाक्टर फजल उर्फ सैय्यद इमाम अल शरीफका खास व्यक्ति बनेका थिए। जसका जिहादी विचारधारा अन्यको तुलनामा निकै हिंस्रक थिए र केही मुद्धामा अब्दुल्लाह अज्जामसँप पनि उनको गहिरो मतभेद थियो।
यहाँबाट बिन–लादेन ‘मकतबा–अल–खिदमत’ अन्तर्गत अफगान र अरब जिहादीहरुलाई आर्थिक सहयोग गर्नेभन्दा सैन्य अभियानहरुमा बढी रुचि देखाउन थाले। जसका लागि उनले अन्य अरब जिहादी सहयोगीहरुसँग मिलेर अल–कायदाको स्थापना गरे।
अल कायदाको स्थापनादेखि लिएर ९/११ आक्रमणसम्मको इतिहासमा एक शोध पुस्तककी लेखिका एनी स्टीनरसनका अनुसार अफगानिस्तनमा गृहयुद्ध र पाकिस्तानमाथि अमेरिका र अन्य अरब देशको दबाबका कारण पाकिस्तानी सुरक्षा एजेन्सीले अल–कायदासहित अन्य अरब जिहादियालाई पक्राउ गर्न शुरु गरेको थियो। जसका कारण बिन लादेनले २९९२ मा अल कायदाको मुख्य कार्यालयलाई सूडानमा स्थानन्तरण गरेका थिए।
त्यसपछि १९९६ को मेमा तालिबानले अफगानिस्तान कब्जा गर्नुभन्दा पहिले बिन लादेन, अल कायदाका सहस्यसँगै पूर्वी अफगान शहर नंगरहार पुगे। जहाँ त्यसबेलासम्म तालिबान पुगेकाके थिएन।
एक प्रसिद्ध इजिप्शियन पत्रकार र अल कायदा मामिलाका लेखक मुस्तफा हामिदले आफ्नो किताबमा लेखेका छन्, “सुरुमा अल कायदाले तालिबानका बारेमा विभिन्न किसिमका आपत्तिहरु व्यक्त गरेको थियो, जसलाई अफगानिस्तानमा पाकिस्तानी गुप्तचर एजेन्सीहरुले गरेको गलत व्यवहारका मान्थ पछि, दुईबीचको सम्बन्ध यति बलियो भयो कि सबै दबाब र धम्कीका बावजूद तालिबा का संस्थापक नेता मुल्ला उमरले ओसामा बिन लादेन र अल–कायदाका लागि आफ्नो सरकार समाप्त गरेका थिए।’
१९९६ देखि २००१ सम्म तालिबान शासनकालमा अफगानिस्तानमा अल कायदा निकै बलियो भएको थियो। ९/११ आक्रमणभन्दा पहिले अल कायदाले १९९८ मा केन्या, अफ्रिका र तान्जानियामा रहेको अमेरिकी दूतावासमा हमला गर्ने र २००० मा यमनमा अमेरिकी सैन्य जहाजहरुमा आक्रमण गर्ने योजना बनाएको थियो।
ऐनी स्टेनरसनका अनुसार यस समयमा अल कायदाले अरब विश्वका हजारौं युवाहरुलाई अफगानिस्तानमा ल्यायो रसैन्य र बौद्धिक रुपमा तालिम दियो। जसले ९/११ पछि मध्यपूर्व र अफ्रिकामा अल कायदाको बलियो शाखाहरु स्थापित गरे र पश्चिममा अल कायदाद्वारा गरिएका अन्य हमलाहरुमा पनि महत्वपूर्ण भूमिका खेले।
अल कायदाको पाकिस्तानी शाखा
यो त्यही समय थियो जब अल कायदा अफगानिस्तानमा तालिबानको समर्थनमा लडिरहेका रहेका पाकिस्तानी कश्मीरी जिहादी संगठनहरुसँग नजिक भयो। यसको माध्यमबाट पाकिस्तानमा आफ्नो धार्मिक र राजनीतिक नेटवर्क सहज भयो। जसका कारण अल कायदले ९/११ पछि आफ्नो अस्तित्वका लडाइँमा अग्रणी भूमिका खेल्यो।
यी पाकिस्तानी जिहादी र धार्मिक संगठनहरुका ती सदस्यहरु थिए जो चुपचाप आफ्नो पूर्व संगठनहरु छाडेर अल कायदामा सामेल हुन लागे।
अल–कायदाका वर्तमान प्रमुख अयमान अल–जवाहिरीले १० सेप्टेम्बरमा प्रकाशित एक नयाँ किताब को प्रस्तावनामा केही प्रमुख पाकिीतानी व्यक्तिका नाम उल्लेख गरेका छन् जसले ९/११ पछि पाकिस्तानमा अल कायदाका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। जसमा कमाण्डर इलियास कश्मीरी, उस्ताद अहमद फारुक, कारी इमरान, डा. अबू खालिद, शेख उमर असिम र हुसेनजस्ता प्रसिद्ध पाकिस्तानी समावेश भएका छन्।
यी सबै ती व्यक्तिहरु थिए जो पहिले पाकिस्तान काश्मिरी जिहादी समूहहरु र देवबंदी, सलाफी सम्प्रदाय र जमात–ए–इस्लामी जस्ता प्रमुख धार्मिक राजनीतिक संगठनहरुको देश सुन्नी विचारधाराहरुसँग सम्बन्धित थिए। उनीहरु ९÷११ पछि देशको अमेरिकाको समर्थनवाला नीतिमा आफ्नो पुराना संगठनको तर्फबाट कुनै विशेष प्रतिक्रिया नआएपछि पाकिस्तान र अमेरिकाविरुद्धको लडाईँमा अल कायदाको हिस्सा बनेका थिए।
अल कायदामा सामेल भएपछि उनीहरुको पूर्व संगठनहरुले संगठनबाट निकालेनन् मात्र बरु यसका सदस्यहरुलाई त्यस्ता सबै मानिसहरुसँग कुनै प्रकारको सम्बन्ध राख्नबाट पनि प्रतिबन्ध लगाए।
९/११ पछि जन्मेका अल कायदाका यी पाकिस्तानी समर्थकहरुले पाकिस्तानमा अल कायदालाई केवल आश्रय मात्र दिएनन् अफगानिस्तानमा अमेरिका र यसका सहयोगीविरुद्धको युद्धमा पनि मद्दत गरे।
यससँगै अल–कायदाले पाकिस्तानमा राज्यविरुद्धको युद्धमा यी समर्थकहरुको उपयोग गर्यो। यस प्रकारले अल–कायदाको एक अघोषित शाखा पाकिस्तानमा स्थापित भएको थियो। यसले पछि दक्षिण एसियामा अल कायदाको सबैभन्दा बलियो क्षेत्रीय संगठन, अर्थात अल कायदा उपमहाद्वीपको स्थापनाका लागि नेतृत्व गर्यो।
अल कायदाका उद्देश्यहरु
ऐन स्टेनरसनसहित अल कायदामा काम गर्ने विशेषज्ञहरु यस संगठनको प्रारम्भिक कागजातहरु अनुसार बिन लादेन र संगठनका अन्य संस्थापकहरुद्वारा अल कायदाको स्थापनाको उद्देश्य विश्वमा एक वैश्विक जिहादी फोरम स्थापित गर्नु थियो। सशस्त्र जिहादी आन्दोलनहरुलाई बढावा दिन र यसमा बिस्तारै एक वैश्विक इस्लामी व्यवस्था स्थापित गर्न सकियोस् भन्ने उद्धेश्य थियो।
ओसामा बिन लादेन र अल कायदाका अन्य नेताहरुले विभिन्न ठाउँहरुमा आफ्नो बयान र लेखनमा यो स्पष्ट पारेका छन् कि अमेरिकामा अल कायदाको विनाशकारी हमलाको वास्तविक उद्देश्य अमेरिकालाई एक क्षेत्रमा लामो युद्धमा राख्नु थियो जहाँ यो हुन सक्छ। जहाँ सोभियत संघ जस्तै सैन्य र आर्थिक घाटाको माध्यमबाट उसलाई समाप्त पार्न सकियोस्।
बिन–लादेनद्वारा ९/११ को प्रारम्भिक वर्षहरुमा लेखिएको एउटा पत्र अनुसार उनी अमेरिकालाई कम्तीमा १५ वर्षसम्म युद्धमा संलग्न राखेमा सोभियत संघको जस्तै आर्थिक अवस्था हुने थियो।
ओसामा बिन–लादेनको यो सम्भावनाको सन्दर्भमा अल कायदा यस युद्धमा असफल भएको छ। किनभने २० वर्षको युद्धको यति धेरै खर्चको बावजुद विश्व राजनीतिमा अमेरिकाको स्थितिमा कुनै असर परेको छैन।
त्यस्तै गरी, अमेरिकाले अल–कायदाका प्रमुख ओसामा बिन–लादेनसहित दुई वा चार नेता बाहेक यस संगठनका सबै नेताहरुलाई मारेको वा गिरफ्तार गरेको छ। यसमा ९/११ हमलाका मास्टरमाइण्ड खालिद शेख मोहम्मदसहित अल कायदाका सबै सदस्यहरु जो कुनै न कुनै तरिकाले यी हमलाहरुको हिस्सा थिए सबै सामेल छन्। तर, यसको बावजूद पनि अल कायदा समाप्त भयो भन्न सकिँदैन।
यद्यपि अल–कायदाले ९/११ आक्रमणपछि २००५ मा भएको लण्डन हमलाबाहेक अन्य कुनै ठूलो हमला गर्न असफल भएको छ। तर अल कायदाले आफ्नो प्रयास विश्वव्यापी चरमपन्थी हमलाको सट्टा क्षेत्रीय स्तरमा जिहादी आन्दोलन फैलाउन केन्द्रित गरेको छ। जसको कारण यो अफगानिस्तान र विश्वस्तरमा यसको मूल उद्देश्यमा सफल भएको छ।
यस तरीकाले हेर्ने हो भने अमेरिका पनि आफ्नो आधारभूत उद्देश्यमा असफल भएको छ, जसका लागी उसले अफगानिस्तानमा हमला गरेको थियो।
तालिबान र अमेरिकाबीच लामो संघर्षपछि पनि अमेरिकाले तालिबानलाई भविष्यमा अल कायदासँगै कुनै सम्बन्ध हुने छैन भनेर घोषणा गर्नुपर्ने स्थितिमा भने पुराउन सकेन। तर, तालिबानले अमेरिकालाई अल कायदासहित अन्य कुनै समूह वा व्यक्तिलाई अमेरिका वा उसका सहयोगीविरुद्ध अफगानि भूमिको प्रयोग गर्न नदिने आश्वासन दिएको छ।
वास्तवमा, तालिबान प्रमुख मुल्ला उमरले विगतमा पनि १९८८ मा अमेरिकामा भएको अल कायदाको हमलापछि बिन लादेनमाथि प्रतिबन्ध लगाएका थिए। उनले अमेरिकालाई हमला गर्न अफगानि भूमि प्रयोग नगर्न भनेका थिए।तर त्यस समयमा अल–कायदासँग आफ्नो लक्ष्य हासिल गर्ने र अस्तित्व बचाउका लागि सायद अर्को कुनै विकल्प थिएन। यसकारण मुल्ला उमरको कडा प्रतिबन्धका बाबजुद ९/११ आक्रमणलाई सफल बनाइएको थियो।
तर आज तालिबान ९० दशकका जस्तो संगठनात्मक, राजनैतिक र सैन्य हिसाबले त्यति कमजोर छैनन् ताकि अल कायदाले उसको आदेशलाई बेवास्ता गरोस्। अनि अल–कायदालाई अफगानिस्तानको भूमिबाट अमेरिका र उसका सहयोगीहरुविरुद्ध आक्रमण गर्न अनुमति दिनैपर्ने स्थितिमा पनि छैन।
यसबाहेक अल कायदाको नीति र दृष्टिकोणको एक समीक्षाबाट यो थाहा हुन्छ यस्तो प्रकारको आक्रमण अब उसको प्राथमिकतामा पर्दैन।
अब अल कायदाको पहिलो प्राथमिकता तालिबानको विचारधारा अनुसार यहाँ एक सख्त इस्लामिक शासन कसरी स्थापित गर्ने भन्ने छ। संसारका अन्य धार्मिक समूहहरुका लागी एउटा पाठ बन्नुपर्छ कि तालिबानकोजस्तै सैन्य द्वन्द्वले मात्र उनीहरुलाई धार्मिक र राजनैतिक लक्ष्यहरु हासिल गर्न सघाउँछ।
Leave a Reply