Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आइसोलेसन वार्डबाट भागेका आमा-छोराकाे रिपाेर्ट यस्ताे आयाे

    आइसोलेसन वार्डबाट भागेका आमा-छोराकाे रिपाेर्ट यस्ताे आयाे

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 2.2K
    SHARES

    डडेल्धुरा। डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुई जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट आएको छ। काठमाडौंमा गरिएको परीक्षणमा दुवैको कोरोनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

    कोरोना भाइरसको आशंकामा दुवैजनालाई डडेल्धुरा अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। शनिबार दिउँसो उनीहरु अस्पतालबाट भागेका थिए। गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा-छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ। उनीहरूको खोजी कार्य तीव्र पारेको अध्यक्ष भट्टले भनिन्, ‘घरमा पनि नआएकोले खोज्दैछौँ।’



    उनीहरू शनिबार दिउँसो भागेका हुन्। कोभिड-१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विष्टले जानकारी दिए।’



    उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी बताए। अस्पतालका अनुसार उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको भएपनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार