Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • तालिबानको कब्जापछि अफगानिस्तानमा यसरी पुग्यो पाकिस्तानी विमान

    तालिबानको कब्जापछि अफगानिस्तानमा यसरी पुग्यो पाकिस्तानी विमान

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । तालीबानले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलो पटक पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) काबुल पुगेको छ । यात्रुसहितको विमान सोमबार काबुल एयरपोर्ट पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो । इस्लामाबादबाट उडानमा सवार एक यात्रु एएफपी पत्रकारले विमानमा करिब १० जना यात्रु सवार रहेका र त्यसमा पनि यात्रु भन्दा बढी धेरै विमानका कर्मचारी रहेका जनाएका छन् ।



    पाकिस्तानको एयरलाइन्स (पिआइए) ले आइतबार विज्ञप्ति प्रकाशन गरेर उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि आइतबार बताइएको थियो ।



    एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको थियो । अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार