एजेन्सी । जापानले पूर्वी चीन सागरमा रहेको आफ्नो टापुमा चीनले पनडुब्बी जहाज घुसपेठ गराएको आरोप लगाएको छ ।
जापानले आफ्नो टापु नजिक पनडुब्बी जहाजको गतिबिधि पत्ता लगाउने क्रममा चीनमाथि शंका गरेको हो ।
‘चिनियाँ जहाजहरु नियमित जापानी क्षेत्रमा गुज्रिरहेका छन् । पनडुब्बी घुसपैठ एक सामान्य घटना होइन।’ जापानले आरोप लगाएको छ ।
पनडुब्बी जहाजको गतिको निगरानीक लागि जापानले एक युद्धपोत र विमान पठाइएको पनि जनाएको छ।
चीनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। पूर्वी चीन सागरका केही टापुहरुमा दुई देशहरुबीच सीमा विवाद चल्दै आएको छ।
Leave a Reply