Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय

    चार पत्रकारलाई हुथी अदालतद्वारा मृत्युदण्डको सजाय

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 1.8K
    SHARES

    एजेन्सी । यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

    पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकीललाई उद्धृत गरी अरब न्यूजले उल्लेख गरेको छ ।



    यमनी हुथी समूहले आफ्नो ‘सत्रु’सँग सहकार्य गरेको आरोप लगाइएका १० पत्रकारमध्ये मृत्युदण्डको सजाय सुनाइएका चार पत्रकारहरू कारबाहीको अग्र सूचीमा रहेका थिए । तर बाँकी ६ जनालाई पनि सोही आरोपमा जेल सजाय तोकिएको र सजाय पूरा भएपछि रिहा हुनसक्ने फैसलामा उल्लेख गरिएको सबै पत्रकारको तर्फबाट बहसमा सहयोग गरेका वकीलहरूको समूहले बताएको छ । उनीहरूमाथि ‘भ्रामक समाचार’ लेखेर साउदी गठबन्धन सरकारलाई सघाएको अभियोग पनि लगाइएको छ ।



    अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टिी इन्रनेशनलले गत वर्ष पत्रकारहरू माथि लगाइएको आरोप झुटो भएको बताएको थियो । एम्नेस्टी इन्टरनेशनलले विद्रोहीले थुनामा राखेका पत्रकारलाई कब्जामा लिएपछि पिट्ने, आवश्यक पिउने पानीसम्म नदिने र काठका ठूलाठूला मूढा उठाएर घण्टौँ उभिन लगाउनेजस्ता कठोर यातना दिनेगरेको बताएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार