काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आइतबारकाे बैठकमा पनि सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार थप धकेलिएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति हुन नसकेपछि मन्त्रिपरिषद् विस्तार थप पछाडि सरेको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी थिए । आजको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै संसद्मा जारी अवरोध कसरी हटाउने भन्नेबारे छलफल केन्द्रित भएको बताइएको छ । पछिल्लो समय प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै लगातारजसो संसद् बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार पनि दिउँसो एक बजेका लागि संसद् बैठक डाकिएको छ ।
गठबन्धनबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा सरकार गठन भएको दुई महिना पुग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । जसले गर्दा सर्वत्र चर्को आलोचना हुँदै आइरहेको छ। यसअघि गत शुक्रबार बसेको बैठकमा पर्दहन्मंत्री देउवाले गठबन्धनका नेताहरुलाई मन्त्रीक नाम दिन आग्रह गरेका थिए।
Leave a Reply