Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सत्तारुढ गठबन्धनको बैठक : यी हुन् सम्भावित मन्त्रीहरु

    सत्तारुढ गठबन्धनको बैठक : यी हुन् सम्भावित मन्त्रीहरु

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बैठक जारी रहेको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको बैठकमा मन्त्रालय बाँडफाँटको तयारी तीव्र रहेको छ । मन्त्रालय बाँडफाँटमा कुरा मिलेमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिने स्रोतको भनाइ छ।



    स्रोतका अनुसार बैठकले मन्त्रालयको भागबण्डा सकेसम्म आजै गर्ने भएको छ । जसमाकांग्रेसबाट नारायण खड्का, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला, उमाकान्त चौधरीलगायतका नेताको चर्चा रहेको छ ।



    त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले उपसभामुखसहित ७ मन्त्रालयमा आफ्नो दाबी गरेको छ । जसमा शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादवलगायतको नाम मन्त्री हुने चर्चामा छ ।

    माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै मन्त्रीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै जनता समाजवादी पार्टीले पनि मन्त्रालय हेरेर उपेन्द्र यादवको नेतृत्वमा जाने कि राजेन्द्रप्रसाद श्रेष्ठको भन्ने विषयमा निर्णय गर्ने एक नेताले जानकारी दिए ।

    लामोसमयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार