एजेन्सी। रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले तालिबान सरकारको उद्घाटन समारोहमा रुस कुनै हालतमा सहभागी नहुने बताएका छन्।
उनले भने , ‘हामीलाई थाहा छैन कसरी स्थिति परिवर्तन हुनेछ। त्यसकारण हामी यसो भन्दै छौं कि तालिबानको नेतृत्वमा अफगान सरकारको पहिलो कदम के हुनेछ र त्यसपछिको अर्को कदम के हो भन्ने बुझ्नको लागि यो महत्वपूर्ण छ। ‘
बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानबाट अन्य देशका सदस्यहरुलाई तालिवानले निकालेको बिषयमा तालिबानसंग कुरा गरेका थिए ।
उनले मस्कोमा एक पत्रकार सम्मेलनमा भने, ‘धेरै देशहरुले हामीलाई हाम्रा नागरिकहरु र अफगानिस्तानका नागरिकहरुलाई त्यहाँबाट हटाउन आग्रह गरिरहेका छन्। हामी यो गोप्य गरीरहेका छैनौं, हामी तालिबानसंग कुरा गरेर धेरै वर्गका मानिसहरुको लागि यो काम गरिरहेका छौं।’
Leave a Reply