काठमाडौँ । सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् ।
जसमा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याइएको छ । यस्तै, पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) विनियोजन गरिएको छ ।
बजेटमा शहरी विपन्न नागरिकहरूको लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको कम्तिमा 10 स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने उल्लेख गरिएको छ। ७७ वटा बुँदामा प्रस्तुत गरिएको बजेटको ३६ औँ नम्बरको बुँदामा उक्त कुरा उल्लेख गरिएको छ।
Leave a Reply