Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक : एमाले सांसदहरुद्वारा चर्को नाराबाजी

    प्रतिनिधिसभा बैठक : एमाले सांसदहरुद्वारा चर्को नाराबाजी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि नेकपा एमाले सांसदहरुले नाराबाजी थालेका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।



    सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताएका छन् ।



    यद्यपि एमाले सांसदहरुले नारावाजी जारी राखेका छन्। यसअघि गत बुधबार पनि एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

    आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार