एजेन्सी । तालिबानले अफगानिस्तानलाई ‘द इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्दै आफ्नो अन्तरिम सरकार गठनको घोषणा गरेको छ।
नयाँ सरकारमा मुल्ला मोहम्मद हसन अखुन्द प्रधानमन्त्री र मुल्ला अब्दुल घनी बरादार उपप्रधानमन्त्री हुनेछन्। मुल्ला अब्दुल सलाम हनाफीलाई पनि उपप्रधानमन्त्री बनाइएको छ।
तर यी सबैको बीचमा सबैभन्दा एक व्यक्ति धेरै चर्चाको विषय बनिरहेका छन्। उनी हुन् हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानी। उनी अखुन्दको सरकारमा गृहमन्त्री बनेका छन्।
अमेरिकको ‘वाण्टेड’ लिस्टमा
यी तीनै हक्कानी हुन् जसको समूहले विगत २० वर्षमा धेरै घातक हमला गरिसकेको छ। सिराजुद्दीन हक्कानी नेटवर्क नामा्क कुख्यात चरमपन्थी समूहका प्रमुख उनको सम्बन्ध तालिबानसँग रहेको छ।
२०१७ मा उनको समूहले ट्रक बम हमला गरेको थियो, जसमा १५० भन्दा बढी मानिसहरु मारिएका थिए। यस समूहको अल कायदासँग पनि घनिष्ठ सम्बन्ध छ। अमेरिकाले हक्कानी नेटवर्कलाई आतंकवादी संगठनमा समावेश गरेको छ।
एफबीआईसँगग हक्कानीको जुन छ त्यसअनुसार उनी त्यहाँ ‘वाण्टेड’को सूचिमा छन्। उनलाई २००ड को जनवरीमा काबुलको एक होटलमा भएको हमलाको सम्बन्धमा सोधपुछका लागि यस श्रेणीमा राखिएको छ। उक्त आक्रमणमा एक अमेरिकी नागरिकसहित ६ जनाको मृत्यु भएको थियो।
उनको प्रोफाइलमा भनिएको छ, ‘हक्कानी नेटवर्कले अमेरिकी नेतृत्वको नाटो सेनाहरुमाथि सीमापार आक्रमण गरेको विश्वास गरिन्छ। हक्कानी समूहले कथित रुपमा २००८ मा अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद करजईमाथि आत्मघाती हमला गरेको थियो।’
यसबाहेक हक्कानी समूहलाई सेप्टेम्बर २, २०११ मा काबुलमा अमेरिकी दूतावास नजिकै नाटोमा भएको हमलाको दोषी ठहर गरिएको छ। त्यस आक्रमणमा चार प्रहरी अधिकारीसहित आठ जना मारिएका थिए।
हक्कानीका लागि ३७ करोड इनाम
एफबीआईको यो प्रोफाइलमा हक्कानीको उचाई ६ फिट ७ इन्च भएको वर्णन गरीएको छ। हक्कानी पाकिस्तानमा बस्छन् र उनको समूह पाकिस्तान–अफगानिस्तान सीमामा सक्रिय रहेको बताइएको छ। उनको उमेर करिब ४५ वर्ष भनिएको छ। उनीमाथि ३७ करोडको इनाम पनि राखिएको छ।
गत वर्ष हक्कानीले न्यु योर्क टाइम्समा आफ्नो उक लेखमा लेखेका थिए, ‘चार दशकभन्दा बढी समयदेखि हरेक दिन बहुमूल्य अफगानीको ज्यान गइरहेको छ। त्यहाँ सबैले आफ्ना प्रियजनहरु गुमाएका छन्। सबै युद्धबाट थकित छन्। मलाई लाग्छ यी हत्याहरु बन्द हुनु पर्छ।’
Leave a Reply