Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन उलंघन गर्ने १४ सय बढी सवारी प्रहरी नियन्त्रणमा

    लकडाउन उलंघन गर्ने १४ सय बढी सवारी प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 5K
    SHARES

    दाङ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ जारी गरेकाे छ। साेही लकडाउनकाे समयमा दाङमा करिब साढे १४ सय सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउनमा अटेरी गरेर सवारी साधन चलाउनेबाट १ हजार ४ सय ४३ वटा सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्लाका विभिन्न स्थानका कार्यालय तथा चौकीमा ती सवारीका साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अहिले प्रहरीका कार्यालय परिसरमा त्यसरी नियन्त्रणमा लिइएका सवारीका साधन थुप्रिएका छन् ।



    अब लकडाउन खुलेपछि जरिवाना तिराएर मात्रै सम्बन्धित धनीलाई सवारी साधन बुझाईने ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए । रोगसँगको लडाई भैरहेको बेला घरभित्रै बस्न र अत्यावश्यक कामबाहेक अन्य अवस्थामा ननिस्कन सरकारले आग्रह गरेको तर अटेरी गरेर सवारीका साधन कुदाउनेबाट नियन्त्रणमा लिनु परेको उनको भनाई छ ।



    नियन्त्रणमा लिइएका मध्ये सबैभन्दा धेरै १ हजार १ सय ७२ वटा मोटरसाइकल रहेका छन् । त्यस्तै ९३ वटा स्कुटर, ६३ वटा ट्रक, ४५ वटा जिपकार र ३९ वटा अटो रिक्साहरु रहेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार