Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना महामारी : सिमा क्षेत्रमा कडाई गर्दै सशस्त्र प्रहरी

     सोमेश्वर गढीबाट छिरेका ३ जना क्वारेन्टाइनमा, फिल्डमा खटिए सशस्त्र डिआईजी र एसपी

     सोमेश्वर गढीबाट छिरेका ३ जना क्वारेन्टाइनमा, फिल्डमा खटिए सशस्त्र डिआईजी र एसपी

    राजेन्द्र आचार्य
  • आइतबार, ३० चैत्र २०७६
  • 3.9K
    SHARES

    चितवन ।  चितवनको सोमेश्वर गढी क्षेत्रमा सशस्त्र प्रहरी बलले पैदल गस्ती र सुरक्षा फौज थप परिचालन गरी सिमा लक गरेको छ ।
    वागमती प्रदेश अन्तर्गत भारतको सिमा नाका पर्ने माडी नगरपालिकाका अन्तर्गत सोमेश्वर गढी ४५ नम्बर पिलरसम्म पैदल गस्तीसहित  सुरक्षा फौज थप गरि कडाइ गरिएको सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले जनाएको छ ।

    कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले प्रदेश अन्तर्गत पर्ने सबै सीमा नाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाएको  गढीमाई बाहिनीले जनाएको छ ।



    गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कृष्ण भक्त ब्रम्हचार्य र शसस्त्र प्रहरी १७ नम्बर गण चितवनका गणपति एसपी खेम थापासहितको नेतृत्वको टोलीले  पैदल गस्ती गर्दै सोमेश्वर गढी ४५ नम्बर पिलरसम्म अवलोकन गरी थप पोष्ट समेत राख्ने ठाउँ निरीक्षण गरेको छ ।



    टोलीले नेपाल भारत ४५ नम्बर सिमा स्तम्भको निरीक्षण समेत गरेको छ । कोरोना त्रासका कारण देशका विभिन्न ठाउँमा सिमा क्षेत्र सिल भईरहेको अवस्थामा जिल्लाको दक्षिण भेग माडी नगरपालिकाको सोमेश्वर गढीमा रहेको पिलर नम्बर ४५ को निरीक्षणसगैँ त्यहाँको बस्तु स्थित बारेमा स्थलगत अनुगमन समेत गरिएको गढीमाई बाहिनीपति डिआईजी ब्रम्हचार्यले बताए ।

    अहिले कोरोनाको त्रास बढी छ, त्यसमा पनि भारतमा बढ्दै छ, उनले भने , ‘यो अवस्थामा हामी कमाण्डर समेत आफै फिल्डमा खटिएपछि हाम्रा सहकर्मीलाई थप हौसला मिल्नेछ र आफै खटिएर लक गर्नुपर्ने अहिलेको आवश्यकता पनि हो । ‘

    लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । शसस्त्र प्रहरीले  भारतबाट स्वदेश फर्किनेहरुको  स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ ।

    भारतदेखि सोमेश्वर क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गरेका ३ जनालाई पक्राउ गरी माडी नगरपालिकाको सहकार्यमा क्वारेन्टाइनमा राखिएको पनि ब्रम्हचार्यले बताए ।

    वागमती प्रदेश अनर्तगत ३५ नम्बरदेखि ६३ नम्बर पिलर यहाँ पर्दछ । यो क्षेत्र ८८ किलोमिटरमा बादरझुला, छरछरे र बाल्मीकी क्षेत्रमा  पाल टागेर ५ वटा थप चेकपोइन्ट थप्ने काम भइरहेको  गणपति थापाले बताए ।

    राष्ट्रियता र धार्मिक पर्यटनसगँ जोडिएको सोमेश्वर गढी क्षेत्र नेपाल सरकारले तयार पारेको १ सय गन्तव्य मध्ये एक हो । यस क्षेत्रमा चैते दशैको समयमा विशेष धार्मिक महत्व रहेको सोमेश्वर कालिकामा नेपाल र भारतका लाखौँ भक्तजनहरु आएका छन् कि छैनन् भनेर  निरीक्षणमा आफै खटिएको उनले प्रष्ट पारे ।

    स्तम्भ क्षेत्र वरपर दुवै देशबीच कुनै पनि विवाद नभएको उनले वताए । गणपति थापाले सीमा क्षेत्रमा कुनै पनि विवाद उत्पन्न हुन नदिन दुबै देशका प्रतिनिधिले पटक -पटक बैठक बस्ने गरेको, सीमा क्षेत्रमा अनुगमन एवं निरीक्षण गरिएको पनि जानकारी गराए ।

    कोरोना सँक्रमण रोकथामका लागि सीमा नाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै सीमामा थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको  थापा वताउँछन् ।

    गढिमाई बाहिनी  सिमा क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र स्थानिय निकायको सहकार्यमा २४ सै घण्टा निगरानी शुरु गरिएको र मातहतका सबै चौकीले आ–आफ्नो क्षेत्र निगरानी गर्ने गरी गस्ती गरिरहेको ब्रम्हचार्यले जानकारी गराए । यसअघि शसस्त्र प्रहरीले शहरका टोल- टोलदेखि दुर्गम गाउँमा सचेतना कार्यक्रम तीव्र पारेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार