Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • थानकोटमा डेनीको नयाँ शाखा

    थानकोटमा डेनीको नयाँ शाखा

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । डेनी लेडिज एण्ड जेन्स ब्युटी सैलुनको शाखा थानकोटमा पनि खुलेको छ । सुन्धारास्थित काठमाडौं मलबाट सेवा दिंदै आएका डेनी लेडिज एण्ड जेन्स ब्युटी सैलुनका संस्थापक कमलेश ठाकुरले चन्द्रागिरी नगरपालिकाको थानकोटको प्रहरी चेक पोस्ट नजिकै शाखा विस्तार गरेका हुन् ।

    शनिबार लायन्स क्लबका अध्यक्ष, कलाकार सनम कठायत, गायिका रेखा जोशीलगायतको उपस्थितिमा शाखाको उद्घाटन भएको हो। यसअघि कलंकीमा रहेको शाखालाई थानकोटमा स्थानान्तरण गरिएको ठाकुरले बताए ।



    पर्साको पोखरिया नगरपालिका–९ बाट काठमाडौं आएका कमलेशले यो व्यवसाय सुरु गरेको ८ वर्ष भयो । काठमाडौं मलको मुख्य सैलुनमा २० लाख लगानी गरेका कमलेशले थानकोटमा ८ लाख खर्च भएको बताए ।



    मासिक ३–४ लाख आम्दानी गर्ने कमलेशले ८ जनालाई रोजगारी दिएका छन् । लकडाउनले व्यवसाय थिलोथिलो भए पनि बिस्तारै अन्य स्थानमा पनि सेवा विस्तार गर्ने योजना भएको कमलेशले अनलाइननेपाललाई बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार