Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • संखुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न बिपी प्रतिष्ठान धरान लगियो

    संखुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न बिपी प्रतिष्ठान धरान लगियो

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.7K
    SHARES

    संखुवासभा । संखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

    घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको बताइएको छ ।



    प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।



    घटनास्थलमा अहिले प्रहरी उपरीरक्षक (एसपी) भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । डीएसपी सुवेदीसहितको टोली पनि घटनास्थलमै छ । हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको डीएसपी सुवेदीले जानकारी दिए । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार