Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • घर न घाटको बनेपिछ नयाँ पार्टी गठन गर्दै प्रभु साह

    घर न घाटको बनेपिछ नयाँ पार्टी गठन गर्दै प्रभु साह

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । माओवादी केन्द्रबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै नेकपा एमाले प्रवेश गरेका नेता प्रभु साह नयाँ दल दर्ताको तयारीमा जुटेका छन् ।

    नेकपा एमालेमा सोचेजस्तो जिम्मेवारी पाउन नसकेपछि साहले नयाँ दल दर्ता गर्ने तयारी गरेको स्रोतको दावी छ । पूर्वमन्त्री समेत रहेका प्रभु साह नयाँ दल दर्ताको तयारीमा जुटेका हुन् ।



    तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता साह नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य थिए । सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै केपी शर्मा ओलीलाई साथ दिँदै एमाले प्रवेश गरेका साह त्यतिबेला पनि मन्त्री बनेका थिए ।



    तर, अहिले एमालेबाट माधवकुमार नेपाल छुट्टिदा समेत पार्टीमा भनेजस्तो स्थान नपाएपछि उनले एमाले पनि छाड्ने गृहकार्य थालेका हुन् । नेकपा खारेज भएपछि एमाले प्रवेश गरेका साह माओवादीविरुद्ध नै उत्रिएका थिए ।

    दुई पटक स्थायी कमिटी विस्तार गर्दा माओवादीबाट एमाले प्रवेश गरेका अन्य नेताले स्थायी कमिटी सदस्यको जिम्मेवारी पाएपनि साह भने परेनन् । त्यसैले पनि एमाले नेतृत्वसँग उनी रुष्ट छन् ।

    जनयुद्धकै क्रममा माओवादी आन्दोलनमा होमिएका साह तराई क्षेत्रमा राम्रो कपड राख्ने नेता हुन् । त्यसैले माओवादीमा हुँदा साहले राम्रै अवसर पाउँदै आएका थिए ।

    एमाले प्रवेश गरेर मन्त्री बनेका बेला माओवादी केन्द्रले सांसद पद नै नरहने गरी कारवाही गरेपछि साह माओवादीविरुद्ध खनिएका थिए । त्यतिमात्र होइन आफू विरुद्धको कारवाही खारेज गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका साह त्यसपछि माओवादी पार्टी नै खारेज गर्नुपर्ने माग गर्दै निर्वाचन आयोग समेत पुगे । जसकारण माओवादी पनि साहसँग रुष्ट छ ।

    एमालेमा बस्न कुनै जिम्मेवारी नै छैन, माओवादीमै फर्किऊँ भने त्यस्तो वातावरण नै छैन् । त्यसैले साह यतिवेला घर न घाटका बनेका छन् । यता न उता बनेका साह अन्ततः नयाँ पार्टी गठनको तयारीमा जुटेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार