काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत् पार्टीको प्रतिरक्षा अभियान चलाउने होडबाजी चलेको छ । यसै होडबाजीमा नेकपा एमालेलाई पछ्याउदै सत्तारुढ दल नेपाली कांग्रेसले पनि पार्टीको प्रतिरक्षा गर्न नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क ‘एनसी विन’ गठन गरेको छ।
यसअघि नेकपा (एमाले)ले आफ्नो प्रतिरक्षाका लागि ‘साइबर सेना’ र ‘आइटी आर्मी’ नाममा यस्तै सञ्जाल बनाएर सामाजिक सञ्जालमा पार्टीको प्रतिरक्षा अभियान चलाएको थियो।
मंगलबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले प्रविधिमैत्री कांग्रेस अभियानअन्तर्गत यस्तो सञ्जाल बनाउने निर्णय गरेको विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
शर्माका अनुसार यसले तत्कालीन रूपमा पार्टीको १४औँ महाधिवेशनको प्रचार गर्ने, आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद गर्ने बताइएको छ।
Leave a Reply