Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एमालेको रिट पुन: प्रधानन्यायाधीश राणाको इजलासमा

    एमालेको रिट पुन: प्रधानन्यायाधीश राणाको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

    उक्त मुद्धा फेरि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । यसअघि भदौ २० गते पनि प्रधानन्यायाधीश जबराकै इजलासमा रहेको उक्त मुद्दा हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको थियो।



    गत बुधबार सर्वोच्च अदालतमा एमालेले अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्यहरूको विवरणलाई आयोगले मान्यता नदिएर माधवकुमार नेपाललाई पार्टी विभाजनमा सजिलो पारेको र सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै रिट निवेदन दर्ता गरेको थियो ।



    अधिवक्ता बाबुराम दाहालले एमालेले दायर गरेको रिटमा निर्वाचन आयोगमा नेता माधव नेपालसहितले नयाँ दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर गर्नेहरु ५५ जना केन्द्रीय सदस्य भनेर गरेको दावी तथ्यसंगत नभएकाले ३९ जना मात्रै भएकाले दललाई मान्यता नदिन अन्तरिम आदेश माग गरेको बताए ।

    गत भदौ १ गते एमालेले पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्तको निर्णय गरेको थियो । तर, आयोगले यही भदौं ९ गते माधव नेपाललाई नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार