Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • वीरगन्जका मस्जिदबाट १९ भारतीय पक्राउ, कोरोना फैलाउन बसेको आरोप

    वीरगन्जका मस्जिदबाट १९ भारतीय पक्राउ, कोरोना फैलाउन बसेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 6.4K
    SHARES

    वीरगन्ज । प्रहरीले वीरगन्जका मस्जिदबाट २६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती , वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जना रहेका छन्।

    उनीहरुलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले वताइन ।



    गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम नागरिकको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।



    उनीहरुको स्वाब परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा पठाइएकोमा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणको लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

    अस्पतालको आइसोलेसनमा शुक्रबारदेखि राखिएका ३ जना भारतीय मुस्लिम जमाती , कोरोना संक्रमित भएको आशंका भएपछि प्रहरीले उनीहरु बस्दै आएको मस्जिदमा शनिबार साँझ पुगेर थप २६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

    केही दिन अघि मात्र पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मिया मुखियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्र गरेको भन्दै भारतीय पक्षले मिडियाहरुले समाचार प्रसारण गर्दै आएका छन्।

    भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले जालीम मिया मुखिया नामका व्यक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराएको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर प्रशारण गरेका छन्।

    तर त्यसमा कुनै सत्यता नभएको र आफ्नो चरित्र हत्या गरेको भन्दै गाउँपालिका अध्यक्ष मियाले आरोपको खण्डन गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार