Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • गठबन्धनको सरकार महिना नपुगी जन्मेको बच्चाजस्तो हो : सुवास नेम्वाङ

    गठबन्धनको सरकार महिना नपुगी जन्मेको बच्चाजस्तो हो : सुवास नेम्वाङ

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता सुवास नेम्वाङले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने आरोप लगाएका छन् ।

    सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय युवासंघको भेलालाई सम्बोधन गर्दै नेता नेम्वाङले वर्तमान सरकारलाई महिना पनि नपुगी बच्चा जन्मेको जस्तै टिप्पणी समेत गरे।



    ‘यो सरकार जनताले बनाएको सरकार होइन,  सात महिना पनि नपुगी बच्चा जन्मियो भने हाम्रो गाँउघरतिर कस्तो कस्तो मानिन्छ, उनले थपे, ‘लक्षण पनि ठिक छैन भन्छौ, हो त्यस्तै छ यो सरकार।’



    यस्तै, उनले वर्तमान सरकारले मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा कटाक्ष गर्दै भने, ‘सरकार विस्तार गर्दा सरकार नै ढल्छ कि भन्ने डर र दल फुट्ने डर छ । यो कस्तो अचम्म ?’ नेम्वाङले प्रश्न गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार