Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • संखुवासभा घटना प्रकरण : कार्कीको शव शंकास्पद, पेट काटेको र टाउकोमा चोट देखियो

    संखुवासभा घटना प्रकरण : कार्कीको शव शंकास्पद, पेट काटेको र टाउकोमा चोट देखियो

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 4.2K
    SHARES

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ मा हत्या भएका एकै परिवारका ६ जनामध्ये तेजबहादुर कार्कीको पेट काटेको र टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको छ ।

    वडा नम्बर १ का अध्यक्ष खेमनाथ कटुवालका अनुसार तेजको पेट र टाउकोमा चोट लागेको देखिन्छ भने बच्चाहरूको शरीरमा चोट देखिएकाे छैन ।



    यस्तै, खोलामा भएका बुहारीहरूको शव परबाट हेर्दा केही देखिँदैन ।



    उनका अनुसार घरका अन्य सदस्यहरू २२ वर्षीय नरेश कार्की र २५ वर्षीय रमेश कार्की वैदेशिक रोजगारीमा रहेका छन् ।

    गएराती स्थानीय वृद्ध ९३ बर्षीय बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । आँखा देख्न र कान सुन्न नसक्ने बौद्धमान भने सकुशल रहेका छन् ।

    परिवारका ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार