रामनारायण यादव / सप्तरी। जिल्ला कार्यसमिति सप्तरीले नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्य नदिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । केन्द्रले अहिलेसम्म कुनै निर्णय नगरी सदस्यताको नामावली यहाँ नपठाएको जिल्ला सभापति दिनेश कुमार यादवले बताए ।
सभापति यादवले सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सदस्यताको बारेमा जानकारी गराएका थिए । उनले जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १,२,४ र ३ को शम्भुनाथ नगरपालिकाको ६ वटा वडा, रुपनी गाउँपालिकाको एउटा वडा समेतमा नयाँ त्रियाशील सदस्यतालाई स्थगन गरेको भन्दै विरोध जनाएका छन् ।
नेपाली कांग्रेसको विधान, नियमावली र केन्द्रीय परिपत्र अनुसार क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि सप्तरीको फायल नै बन्द गरिएको सभापति यादवले आरोप लगाएका छन् ।
केन्द्रीय कार्यालयको निर्णय अनुसार गाउँपालिकामा ४५ र नगरपालिकामा ५१ क्रियाशील हुनुपर्ने मापदण्ड रहेकोले यहाँ ९१ वटा वडाहरु मध्ये कुनैमा शुन्य तथा अन्य वडाहरुमा अपूग रहेको हुदाँ यस जिल्लामा सदस्यहरुलाई ठुलो अन्याय भएको जिल्ला कार्यसमिति सप्तरीले घोर आपति जनाएका छन् ।
यस जिल्लमा नयाँ क्रियाशील सदस्यता लागु नगरेको खण्डमा कडा भन्दा कडा प्रतिवाद गर्ने शनिबार जिल्ला कार्यसमितिको बठैकबाट निर्णय गरेको सभापति यादवले बताए ।
७ हजार पूरानो क्रियाशील सदस्य रहेका छन भने नयाँ ९ हजार क्रियाशील सदस्यको नामावलि र सदस्यता बापतको शुल्क पनि पठाई सकेको भन्दै केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले फायल नखोलि स्थगित गरेको उनले बताए ।
Leave a Reply