एजेन्सी । भारतको राजस्थानस्थित जालोरमा एक नाबालिक युवतीले आफूलाई आफ्नै बुबाले बलात्कार गरेको बताएपछि उनका दाजुले आत्महत्या गरेका छन् ।
समाचार एजेन्सी इण्डिया टुडेका अनुसार पीडित नाबालिक किशोरीले आफ्नी सानीआमालाई पिताको ज्यादतीको बारेमा बताइरहेकी थिइन् । यो अडियो क्लिप पीडित बालिकाका दाजुले सुने र आत्महत्या गरे । पीडितका दाजुले सांचौरमा नर्मदा नहरमा हाम्फालेर आत्महत्या गरेका हुन् ।
पुलिसका अनुसार शनिबार ३२ मिनेटको अडियो क्लिप भाइरल भएपछि यस विषयमा जाँच सुरु गरिएको छ। पुलिसको टिम आरोपीलाई गिरफ्तार गर्न जाँदा बाबु फरार भएका छन् । पुलिसले उनको खोजी गरिरहेको बताएको छ । पीडित किशोरीको बयान रेकर्ड गरिएको छ ।
पीडितले पुलिसलाई दिएको बयान र अडियो क्लिपमा रेकर्ड गरिएको बयानका अनुसार एक पटक उनलाई मोवाइल किनिदिने भन्दै उनका पिताले कारमा लिएर गएका थिए र त्यही क्रममा बलात्कार गरेका थिए ।
Leave a Reply