एजेन्सी। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले एक पत्रकार सम्मेलनमा तालिबानले पञ्जशिर प्रान्त कब्जा गरेको दाबी गरेका छन्।
उनले काबुलमा आयोजित पत्रकार सम्मेलनमा उपत्यका आज पूर्ण रुपमा खाली भैसकेको दाबी गरे ।
तालिबानका प्रवक्ताले तालिबानले वार्ता गर्ने प्रयास गर्दा विपक्षी समूहले ‘नकारात्मक प्रतिक्रिया’ दिएको आरोप लगाएका छन् ।
जबीहुल्लाह मुजाहिदका अनुसार तालिबानले उनीहरुलाई आतंकवादबाट छुटकारा पाउनको लागी आफ्नो सैन्य सेना अन्तिम कुनामा पठाएको थियो।
मुजाहिदले पञ्जशीरमा बिजुली र इन्टरनेट आजबाट बहाल हुने वताए । तालिबानले यस क्षेत्रमा फोन, इन्टरनेट र बिजुलीको लाइन काटिसकेको थियो।
तालिबानले कि पञ्जशिर कब्जा गर्ने लडाईमा कुनै सामान्य मानिसको मृत्यु नभएको पनि जनाए ।
पञ्जशिर नियन्त्रणमा लिएको खुसीयालीमा तालिबानी लडाकुहरुले शुक्रबारदेखि नै हवाइ फायर गरेर खुसीयाली मनाइसहेका छन् ।
यसरी हवाइ फायर गर्दा ठूलो संख्यामा अफगानीहरु मारिएको पनि बताइएको छ ।
यही बीचमा तालिबानले अर्को ठूलो दावी गरेको छ । तालिबानका अनुसार उसका लडाकुहरुले रेजिस्टेंस फोर्स अर्थात नर्दर्न एलायन्सका प्रमुख कमाण्डर सालेह मोहम्मदलाई पनि मारिदिएका छन् ।
Leave a Reply