काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउन आह्वान गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईले आइतबार राती सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
ट्वीटरमा भट्टराई लेख्छन्, ‘यसमा राष्ट्रिय सहमति गरौँ : उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसँगका, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ, अमेरिकीसँग चिठी आदानप्रदानसहित एमसिसी कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ।’
यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!
— Baburam Bhattarai (@brb1954) September 5, 2021
Leave a Reply