Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ब्राजिल भर्सेस अर्जेन्टिना : खेल शुरु भएको ६ मिनेटपछि रद्ध, धकेलाधकेलको स्थिति

    ब्राजिल भर्सेस अर्जेन्टिना : खेल शुरु भएको ६ मिनेटपछि रद्ध, धकेलाधकेलको स्थिति

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 2K
    SHARES

    एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्ध भएको छ। मैदानमा खेल शुरु भएको ६ मिनेटपनि अवरुद्ध भएको खेल औपचारिकरुपमा रद्ध भएको हो।

    अर्जेन्टिनाका खेलाडीहरुले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पूरा नगरेको भन्दै खेलको ६ मिनेटपछि ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि मैदान प्रवेश गरेका थिए। त्यसपछि केही समयसम्म धकेलाधकेल भएको थियो।



    ती स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन खोजेपछि रेफ्रीले खेल रोकेका थिए। केहीबेर दुवै टोलीका खेलाडीले सल्लाह गरेपनि एकछिनमा अर्जेन्टिनी टोली मैदान छोड्दै बाहिरिएको थियो। त्यसको केहिबेरमा रेफ्री टोली पनि मैदान छोड्दै टनेल भित्र पसे।



    यसबीचमा ब्राजिलका खेलाडी र अफिसियल भने एन्भिसा प्रतिनिधिसँग छलफलमा रहेका थिए। अर्जेन्टिनाको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने ४ खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ। एन्भिसाले भने अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेकाले डिपोर्ट (देश निकाला) गर्नुपर्ने दिउँसोदेखि नै बताएको थियो।

    तर ब्राजिल पुगेको तीन दिन बित्दापनि केहि खबर नपाएको भन्दै अर्जेन्टिनी टोलीले त्यसको विरोध जनाएको थियो। ब्राजिलियन संचारमाध्यमले भने यी ४ खेलाडीले आफ्नो विवरण लुकाएको भन्दै स्वास्थ्य प्रणालीलाई नै गुमराहमा राख्न खोजेको जानकारी दिएका छन्। नियमअनुसार यी ४ खेलाडीले या त देश छोड्नुपर्ने वा १४ दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान छ।

    एस्टन भिल्लाका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया तथा टोटेनहम हट्स्परका क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो अर्जेन्टिनी टोलीमा रहेका छन्। मार्टिनेज, रोमेरो र लो सेल्सोले अर्जेन्टिनाको सुरुवाती रोजाइमा नै खेलिरहेका कारण पनि एन्भिसाले खेल रोक्न बल प्रयोग गरेको थियो।

    अब रेफ्रीले आफ्नो अधिकारिक रिपोर्टमा लेखेको विवरणका आधारमा फिफाको अनुशासन समितिले यस खेलबारे निर्णय गर्नेछ। यसैपनि दक्षिण अमेरिकी छनोटका खेल सम्पन्न गर्न फिफाले आफ्नो नियमित तालिका परिवर्तन गर्दै एकै अन्तर्राष्ट्रिय ब्रेकमा तीन खेल खेलाउन दिएको थियो। ब्राजिल र अर्जेन्टिनाको खेल रद्द हुँदा फिफालाई क्यालेन्डर मिलाउन कठिन हुने भएको छ।

    छनोट खेलमा हालसम्म दुबै टोलीले हार बेहोरेका छैनन्। छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले आफूले खेलेको सबै ७ खेलमा जित हासिल गर्दा अर्जेन्टिना दोस्रो स्थानमा अपराजित नै छ। अर्जेन्टिनाले ७ खेलमा ४ जित र ३ बराबरी खेलेको छ। ब्राजिलको २१ र अर्जेन्टिनाको १५ अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार