जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टी राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाएका छन् ।
आज प्रदेश २ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष यादवले ठाकुर नेतृत्वको लोसपालाई यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको लोसपा कदापि राजनीतिक शक्ति बन्न नसक्ने दाबी भने, ‘ लोसपाले मधेसमा लोभ, लालच र भ्रमको खेती गरिरहेको छ, जुन दिन महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका केही नेताहरु केपी शर्मा ओलीको पछि लागे, त्यस दिन नै उनीहरूको पतन भइसक्यो,’ यादवले भने।
जसपाको प्रदेश २ संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा अधिकांश प्रदेश सांसदले प्रदेश सरकारको कार्य शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई आफ्नो गतिविधि सुधार्न र कमी कमजोरीहरूलाई आत्मसात गर्न सुझाव दिएका थिए।
Leave a Reply