काठमाडौं । सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए । यसअघि साउन ३२ गते सोमबार राति १२ बजे सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी थिइन् ।
Leave a Reply