Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • धनगढीका कोरोना संक्रमित देवर भाउजूकाे रिपोर्ट ‘पोजेटिभ’

    धनगढीका कोरोना संक्रमित देवर भाउजूकाे रिपोर्ट ‘पोजेटिभ’

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 1.9K
    SHARES

    धनगढी। कोरोना भाइरस (कोभिड–१९) संक्रमित धनगढीका युवाको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’आएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय युवकमा चैत १४ गते कोरोना पुष्टि भएका थियो ।

    यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको हो । तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए । १५ दिनसम्म अस्पतालमा बसेका युवाको तेस्रो रिपोर्ट आएमा डिस्चार्ज गर्ने तयारी रहको थियो ।



    दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन् । ती युवककी भाउजूमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनकी भाउजूको पनि दोस्रो रिपोर्ट ‘पोजेटिभ’ भएको डा. जोशीले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार