Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतका १३ मस्जिदमा फेला परे ५२ काेराेना पाेजेटिभ, तीनकाे मृत्यु

    भारतका १३ मस्जिदमा फेला परे ५२ काेराेना पाेजेटिभ, तीनकाे मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 2.6K
    SHARES

    नयाँ दिल्ली। कोरोना भाइरसको बारेमा दिल्लीमा एउटा ठूलो खबर आएको छ। , ६ अप्रिलमा, दिल्लीको चाँदनी महल क्षेत्रमा १३ मस्जिदहरूबाट १०२ मानिसहरूलाइ निकालिएकाे थियाे। जसमध्ये ५२ जना कोरोना पोजिटिभ पाइएको थियो । मस्जिदबाट निकालेका धेरै जमात-ए-निजामुद्दीन कार्यक्रममा सहभागी भएका थिए। ती मध्ये विदेशीहरु पनि छन्।

    चाँदनी महल क्षेत्रको मस्जिदबाट निकालिएका मानिसहरूमध्ये ३ दिन भित्र कोरोनाबाट ३ जना मानिस मरेका थिए। जिन्युजका अनुसार अप्रिल 6 मा, यी सबै व्यक्तिलाई चाँदनी महल क्षेत्रका १३ वटा मस्जिदहरूबाट बाहिर निकाले र गुलाबी बागमा क्वारेन्टाइन केन्द्रमा राखियो।



    ५२ व्यक्तिको कोरोना पाजेटिभ पाइएपछि डीएमले कडा आदेश दिएका थिए कि सम्पूर्ण क्षेत्र तुरुन्तै सिल गरिनु पर्छ र आवश्यक सामानहरू स्थानीयकाे घरमै पुर्‍याउनु पर्छ। सम्पूर्ण क्षेत्रलाई सरसफाई गर्न पनि भनिएको छ। उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्न पनि प्रयास भइरहेको छ। यस बाहेक, डीएमले ती क्षेत्रका जनताको ढोका-ढोका नमूना लिनु पर्ने बताएका थिए।



    भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा छ। यसको अवधि १५ अप्रिलमा सकिँदैछ। आज ११ अप्रिल हो। भारतमा हालसम्म कोरोनाबाट ७ हजार ४ सय संक्रमित भइसकेका छन्। २ सय ३९ जनाको ज्यान गएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार