Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • महाधिवेशनबाट ‘गुट र गिरोह’ अन्त्य गर्नुपर्छ : शेखर कोइराला

    महाधिवेशनबाट ‘गुट र गिरोह’ अन्त्य गर्नुपर्छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्ने बताएका छन्।

    पार्टीको १४औँ महाधिवेशनका लागि आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी नेता कोइरालाले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताएका हुन्।



    उनले पार्टीको १४औँ महाधिवेशन उत्सवका रूपमा आएकाले निर्वाचनका माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताए । ‘कांग्रेसको महाधिवेशन उत्सवका रूपमा मात्र नभई महाधिवेशनले सम्पूर्ण लोकतन्त्रवादीलाई जिम्मेवार र विवेकपूर्णरूपमा अन्तरआत्माको आवाज सुन्न घच्घच्याइरहेको छ’, कोइरालाले उल्लेख गरेका छन्।



    कांग्रेसको महाधिवेशन पार्टीको विधान र संविधानभन्दा बाहिर गएर हुने परिस्थिति आउन नदिन सबै सचेत हुनुपर्ने उनको भनाइ छ । कोइरालाले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कार हटाउन नसक्दा आम निर्वाचनमा कांग्रेस कम्युनिष्टभन्दा कमजोर भएको जनाउँदै १४औँ महाधिवेशनबाट ‘गुट र गिरोह’ अन्त्य गर्न लाग्नुपर्ने उल्लेख गरेका छन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार