Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • ‘लकडाउन तत्कालै खोल्ने सम्भव छैन, प्रधानमन्त्री मोदीको निर्णय उपयुक्त छ’

    ‘लकडाउन तत्कालै खोल्ने सम्भव छैन, प्रधानमन्त्री मोदीको निर्णय उपयुक्त छ’

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं। लकडाउन बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णय उपयुक्त भएको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। देशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री मोदीले शनिबार गरेको भिडियो कन्फ्रेन्समा सहभागी भएलगत्तै केजरीवालले ट्वीटरमार्फत यस्ताे बताएका हुन्।

    ‘प्रधानमन्त्रीले लकडाउन बढाएर सहि निर्णय लिनुभएको छ। आज भारतको स्थिति विकसित देशहरू भन्दा राम्रो छ। किनकि हामीले चाँडै लकडाउन सुरु गर्यौं। यदि अहिले लकडाउन रोकियो भने सबै उपलब्धिहरु गुम्नेछन्,’ उनले भनेका छन्।



    उनले स्थितिलाई थप सुदृढ पार्न लकडाउन बढाउनु महत्वपूर्ण रहेको जनाएका हुन्।भिडियो कन्फ्रेन्समा केजरीवालले ३० अप्रिलसम्म लकडाउनको समय बढाउन प्रस्ताव गरेका थिए। अन्य मुख्यमन्त्रीले पनि लकडाउन बढाउन सुझाव दिएका थिए। यद्यपि केन्द्र सरकारले आधिकारिक रुपमा लकडाउन थप्ने घोषणा गरेको छैन।



    भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा छ। यसको अवधि १५ अप्रिलमा सकिँदैछ। आज ११ अप्रिल हो। लकडाउनको समय सकिनै लाग्दा मुख्यमन्त्रीहरुले आजको भिडियो कन्फ्रेन्समा समय थप्न आग्रह गरेका थिए। भारतमा हालसम्म कोरोनाबाट ७ हजार ४ सय संक्रमित भइसकेका छन्। २ सय ३९ जनाको ज्यान गएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार