Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल-भारतबीचको खेल सुरु, घरेलु दर्शकमाझ इतिहास रच्ने सुनौलो अवसर

    नेपाल-भारतबीचको खेल सुरु, घरेलु दर्शकमाझ इतिहास रच्ने सुनौलो अवसर

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल-भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेल सुरु भएको छ। खेल अहिले साँझ साँढे ५ बजेबाट दशरथ रंगशालामा सुरु भइसकेको छ ।

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।



    फिफा वरीयतामा भारत नेपालभन्दा माथि रहेको छ । पछिल्लो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।



    नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्ने लक्ष्य रहेको बताएका छन्। करिब ६ हजार घरेलु दर्शकमाझ खेलेको नेपाललाई इतिहास रच्ने सुनौलो अवसर रहेको छ।

    नेपाली टिम :

    गोलकिपर- किरण चेम्जोङ

    डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

    मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा

    फरवार्ड – नवयुग श्रेष्ठ , आयुष घलान, अन्जन विष्ट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार