Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • घर जान नपाएपछि आन्दोलनमा उत्रिए मजदुर, गाडीमा आगजनी

    घर जान नपाएपछि आन्दोलनमा उत्रिए मजदुर, गाडीमा आगजनी

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 5.5K
    SHARES

    नयाँदिल्ली। भारतमा कामको ज्याला माग्दै प्रदर्शन गर्ने कामदारहरु पक्राउ परेका छन् । गुजरातस्थित सुरत सहरमा कामको ज्याला माग्दै प्रदर्शन गर्ने कामदारहरु पक्राउ परेका हुन्। जसले घर फर्कन पाउनुपर्ने माग गर्दैआएका छन् ।

    ८० जना कामदारहरुले थुप्रै सरकारी सवारी साधन सहित तरकारी बोक्ने गाडीमा आगजनी गरिदिएका थिए । उनीहरुमध्ये अधिकांश ओडिसाका आप्रबासी कामदारहरु छन् । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले ती कामदारलाई पक्राउ गरेको हो ।



    सुरतमा ठूलो संख्यामा आप्रबासी कामदारहरु छन् । स्थानीय अधिकारी सिके पटेलका अनुसार सयौंको संख्यामा मजदुरहरु घर फर्कन पाउनुपर्ने माग गर्दै सडकमा उत्रिएका हुन् । भारतका अधिकांश सहरमा लकडाउन लगाइएपछि दैनिक ज्यालादारी गर्ने मजदुरले ज्याला पाएका छैनन् ।



    सुरतमा यसरी आन्दोलन भएको यो दोस्रो घटना हो । यसअघि मार्च ३० मा पनि ९० जना भन्दा धेरै मजदुरले लकडाउन उल्लंघन गर्दै आन्दोलन उत्रिएका थिए । गुजरातमा अप्रिल ११ सम्ममा ३ सय ८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । साथै १९ जनाको मृत्यु भइसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार