Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड, फूलको बुकी दिँदै गरे स्वास्थ्य लाभको कामना

    झलनाथलाई भेट्न डल्लु पुगे प्रचण्ड, फूलको बुकी दिँदै गरे स्वास्थ्य लाभको कामना

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

    पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष प्रचण्ड आज बिहान खनाल निवास डल्लु पुगेका थिए । प्रचण्डको सचिवालयका अनुसार सो अवसरमा उनले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहेका खनाललाई फूलको बुकी दिँदै स्वास्थ्यलाभको कामना गरेका थिए ।



    भेटका क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ ।



    भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्किएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार