Online Nepal
  • बुधबार, १० पुष २०८१
  • वर्ल्ड लिंकको सेवाप्रति ९० प्रतिशत भन्दा बढी ग्राहक असन्तुष्ट, ठगी गरेको आरोप

    वर्ल्ड लिंकको सेवाप्रति ९० प्रतिशत भन्दा बढी ग्राहक असन्तुष्ट, ठगी गरेको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 10.1K
    SHARES

    काठमाडौं । आफूले आफूलाई नेपालकै नम्वर १ इन्टरनेट सेवाप्रदायक कम्पनी दावी गर्ने वर्ल्ड लिंक कम्युनिकेसन प्रालिले प्रदान गरिरहेको सेवा तथा सुविधाप्रति ९० प्रतिशत भन्दा बढि ग्राहक असन्तुष्ट रहेको पाइएको छ । कुनै न कुनै वहानामा ग्राहकहरुलाई आफ्नो पक्षमा पारेर उठाएको करोडौंको रुपैयाँ प्रचार–प्रसारमा खर्च गर्दै आएको वर्ल्ड लिंकले इन्टरनेट र नेट टिभी उपलब्ध गराउने वहानामा ठगी गर्दै आएको उपभोक्ताहरुले नै आरोप लगाएका छन् ।

    ‘छिटो भनेकै वर्ल्ड लिंक’ भनेर नारा नै बनाएर प्रचार गर्ने वर्ल्ड लिंकको प्रचार अनुसार सेवा छिटो र छरितो हुनुपर्ने हो । तर, अवस्था ठ्याक्कै उल्टो छ । कम्पनीले प्रवाह गर्ने सेवा न त गुणस्तरीय न त इन्टरनेटको स्पिड नै राम्रो छ । अहिले वर्ल्ड लिंकले ५० एमबीपीएसको नेट भनेर ग्राहकहरुलाई वितरण गरिरहेको छ । तर, स्पिड भने मुस्किलले १० एमबीपीएस मात्र हुने गरेको इमाडोलका एक ग्राहकले गुनासो गरे ।



    यसअघि अनलाईन नेपालले वर्ल्ड लिंकले नेट टिभीसहितको इन्टरनेट उपलब्ध गराउँछु भनेर एक महिनासम्म झुलाएको बारे ‘एक महिनासम्म ग्राहकहरुलाई झुलाएर यसरी ठग्छ वर्ल्ड लिंकले’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा एक महिनासम्म पनि फाइभजी राउटर र सेटअप बक्स(नेट टिभी) उपलब्ध नगराएको र मुख्य तथा शाखा कार्यालयले विभिन्न बहाना बनाएर दुःख दिएको बारे उल्लेख छ । सोहि समाचार अनलाईन नेपालको फेसबुक पेजबाट समेत शेयर भएको छ ।



    एउटै ग्राहकलाई महिनौ झुलाउने इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंकले अहिले आफ्नो सेवा ५ लाख घरधुरीमा पुगेको दावी गर्दै प्रचार प्रसार गरिरहेका बेला अधिकांश ग्राहकहरुले भने आफूहरु वर्ल्ड लिंकको सेवाप्रति सन्तुष्ट नभएको उल्लेख गरेका छन् ।

    अनलाइन नेपालको फेसबुक पेजबाट शेयर भएको उक्त समाचारमा यो समाचार तयार पार्दासम्म २३३ जनाले कमेन्ट गरेका छन् । कमेन्ट गरेकामध्ये ९० प्रतिशत भन्दा बढिलेवर्ल्ड लिंकको सेवा गतिलो नभएको बताएका छन् ।

    sahaj rishi लेख्छन्ः अहिले यस्को सेवा खत्तम छ । सीजी आउना साथ यो फालिदिने हो ।

    उनको उक्त कमेन्टमा Sunita Thakuri ले ठिक हो सर म पनि यसमा सहमत छु भन्दै रिप्लाई गरुेका छन् ।

    त्यसैगरी Grg Boy Suman ले वर्ल्ड लिंक चोर हो भनेका छन् भने Kumar Tmg ले ‘हो, यो चोर ईन्टरनेट हो नेट्वोर्क गयो भने सामन्य तिन चार दिन सम्म खबर गर्दा पनि भरे आउँछ भोलि आउछ भन्ने जवाफ मात्र आउने गर्छ। आज भन्दा २ बर्ष अघि यस्तै कारणले गर्दा महाराजगन्ज बाँसबारि शाखाको सीसी क्यामेरा फुटेज हेर्ने हो भने रेकर्ड होला मैले राउटर र तार सबै लगेर हाकिमको टेबलमा फाले पछि बल्ल कामदार पठाएर नेट संचालन भएको थियो। अहिले फेरि ५० को स्पीड उपलब्ध छ भन्दै ग्राहक आकर्षण गर्दै कर्मचारी हिडेको देखिन्छ। तर कोहि बेला सामन्य भिडियो पनि चल्दैन।’ भन्दै कमेन्ट गरेका छन् ।

    त्यस्तै Tiku Sharma Subedi ले Chor company 16272 VAT sahit vanera 20000 liyko company worldlink chor company भनेर कमेन्ट गरेका छन्। Subas Pokhrel लेख्छन्– साच्चै धेरै ढिलो चल्छ, अनि धेरै महँगो छ worldlink ……। Garbhu Chaudhary लेख्छन्–मेरो मा पनि १० दिन भै सक्यो 5G राउटर जोडदिन्छु भनेको अहिले सम्मा आएको छैन । फोन गर्दा जोडने मन्छे तपाईको घर पुग्न लागीसके होला भन्छ। IndraKumar Shrestha लेख्छन्– Same here.मेरो पनि तेस्तै भएको छ। नंया जडान गर्दा पुरानो सेटअप बक्स पुरानो रिमोट राखेर गए । यस्ले काम चलादै गर्नु पछि नयाँ सेटअप बक्स दिन्छौं भनेको थिए ।10 महिना नपुग्दै बिग्रेपछि कम्पनीलाई खबर गरे । कम्पनीमा आएर 2000 को सेटअप बक्स नयाँ किन्नु पर्यो तर रिमोट दिएन कस्तो सर्भिस हो कम्पनी को ?

    यसरी वर्ल्ड लिंकको सेवाप्रति गुनासो गर्नेको संख्या एकदमै बढि रहेको छ । यसबारे वर्ल्ड लिंकमा सम्पर्क गर्दा सम्बन्धित व्यक्तिसँग कुरा गर्न समेत दिइएन । फोट उठाउने वर्ल्ड लिंकका प्रतिनिधिले सम्बन्धित व्यक्तिलाई हामीले फोन ट्रान्सफर गर्न मिल्दैन र नम्बर पनि दिन मिल्दैन भन्दै कुरै गर्न चाहेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार