Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • उपत्यकामा थुप्रिएको फोहोरको चाङ भोलिदेखि उठ्ने, अवरोध भए बल प्रयोग गरिने

    उपत्यकामा थुप्रिएको फोहोरको चाङ भोलिदेखि उठ्ने, अवरोध भए बल प्रयोग गरिने

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ ।

    आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, काठमाडौँ प्रहरी प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक)लगायतसहितको बैठकले भोलि बुधबार विहान ६ बजेबाट फोहोर उठ्ने निर्णय गरेको हो ।



    लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ मेयर शाक्यले भने, ‘स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौ । हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’



    यस्तै , मेयर शाक्यले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । सिसडोलमा फोहोर व्यवस्थापनकोे काम ०६२ सालदेखि हुँदै आएको छ ।

    शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्वोधन गर्दै आएको छ,’ शाक्यले भने, ‘अहिले पनि उहाँहरुका जायज र काठमाडौँ महानगरपालिकाले सम्वोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौँ ।’

    काठमाडौँका सीडीओ कालीप्रसाद रिजालले काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए ।

    सीडीओ पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए । ‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु ।’

    काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिए । ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाई गर्ने प्रयास हुन्छ,’सिंहले भने, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारवाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार