Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • १७ महिनापछि खुल्यो भिट्ठामोड सीमानाका, सर्वसाधारणमा फर्कियो खुशी

    १७ महिनापछि खुल्यो भिट्ठामोड सीमानाका, सर्वसाधारणमा फर्कियो खुशी

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    महोत्तरी । जिल्लाको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ ।

    गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए ।



    सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्दाबन्दीको बेला पनि निर्बाध रुपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए ।



    मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार