Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • इन्धनको मूल्य नबढ्ने अर्थ मन्त्रालयको स्पष्टोक्ति

    इन्धनको मूल्य नबढ्ने अर्थ मन्त्रालयको स्पष्टोक्ति

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाउने निर्णय गरेसँगै चौतर्फी रुपमा मूल्य बढ्ने हल्ला फैलियो । कतिपय पेट्रोल पम्पहरुले त इन्धन छैन भन्दै बढेको भाउमा बेच्ने दाउ कसिसकेका थिए ।

    तर, अर्थ मन्त्रालयले पूर्वाधार विकास कर बढाउँदा इन्धनको मूल्य नबढ्ने जनाएको छ । मन्त्रालयले दर पुनरावलोकन गर्दा बजारमा कायम उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने जानकारी गराएको हो ।



    मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा तेलको मूल्य नबढ्ने बताएको हो ।



    मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको व्यहोरा सबैको जानकारीको लागि गराइन्छ ।’

    मन्त्रालयका अनुसार आर्थिक ऐन, २०७६ को दफा ९ मा नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार बिन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिनुपर्ने अवस्था देखिएकोले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने व्यवस्था गरिएको थियो ।

    सोही व्यवस्थाअनुसार सरकारको फागुन १२ गते निर्णयले नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलको पूर्वाधार कर दरमा पुनरावलोकन गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार